काठमाडौं । जारी युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज (मंगलबार) राति हुँदै छ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्दै छन । सेमिफाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार…