काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकको बलमा नेपालले आईसीसी टी-२० विश्वकप एसिया-प्यासिफिक क्षेत्रीय फाइनल सुपर-६ अन्तर्गतको तेस्रो खेलमा घरेलु टोली ओमानविरुद्ध १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल खडा गरेको हो । नेपालका ओपनर कुशल भुर्तेलले…