तनहुँ । हिजोआज पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजधानी काठमाडौंमा कमै भेटिन्छन् । उनी कहिले गृहजिल्ला गोरखाको गाउँघर डुलिरहेका हुन्छन् । कहिले दाङ, बुटवलतिर भेटिन्छन् । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले नियमित जसो जनताको घरदैलो चाहार्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन् । र उनी आलोचनाको ‘ईस्यु’ बन्छन् । आलोचनालाई पचाएर भट्टराई जनताको घरदैलोमा…