१० भदौ २०८३, बुधबार | August 26, 2026

एमाले केन्द्रीय कमिटी बैठक, १५ एजेण्डामा छलफल हुने



काठमाडौं । शनिबार (आज) देखि सुरु हुने नेकपा एमाले केन्द्रीय कमिटीमा बैठकमा १५ वटा एजेण्डामा छलफल हुने भएको छ ।

१०औं महाधिवेशन पछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य चयनदेखि शपथग्रहण गर्न बाँकी सदस्यहरूको सपथ ग्रहण गराउनेलगायतका एजेण्डामा छलफल हुन लागेको हो ।

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाँकी केन्द्रीय सदस्यहरूको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन, कार्यविभाजनलगायतमा छलफल हुनेछन् ।

यसैगरी, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालयको व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण, जनसंगठन सुदृढीकरण अभियानलगायतका एजेन्डामा छलफल हुने तामाङले जानकारी दिएका छन ।

बैठक जर्मन हाउस हस्पिलालिटी गठ्ठाघरमा शनिबार दिउँसो १ बजेदेखि सुरु हुँदै छ । गत १० मंसिरमा १० औं महाधिवेशनवाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले केन्द्रीय समितिको पहिलो बैठक सौराहा, चितवनमा सम्पन्न गरेको थियो ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ०७ बजे

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु