चितवन । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु-याइएको सो संगठनले जनाएको छ । प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् । अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी…