८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

संसदीय समितिको निस्कर्ष : उच्चस्तरीय कुटनीतिक वार्ताबाटै भारतसँग सीमा समस्या समाधान गर्नुपर्छ

काठमाडौं । उच्चस्तरीय कूटनीतिक वार्ताका माध्यमबाटै सिमानासहित भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निस्कर्ष निकालेको छ । मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्दै पारस्परिक लाभ र सम्मानमा आधारित रहेर सरकारले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध विस्तार गरिरहेको अहिलेको बदलिँदो विश्व व्यवस्थामा यसलाई अझ सशक्त र प्रभावकारी…