काठमाडौं । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले औपचारीकरुपमा जनताको बहुदलीय जनवादको लाईन छाड्ने भएको छ । शनिबारदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा वैचारिक–राजनीतिक कार्यक्रम प्रस्तुत गर्दै सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने धारणा प्रस्तुत गरेका छन्…