काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्वपूर्ण साथीहरु छुटेकोमा दुःख लागेको बताएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटे पनि आगामी दिनमा उनीहरुलाई समेट्ने प्रतिवद्धता जनाएका छन् । शनिबार बिहान बालुवाटारमा स्कुल अफ डेमोक्रेसीद्वारा आयोजित विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘हिजोमात्र…