काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री ओलीले झण्डै एक घण्टा लामो भेटवार्ता गरेका छन् । भेटवार्ताबारे राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । प्रधानमन्त्रीबाट हटेको केही दिनमै ओलीले राष्ट्रपति भण्डारीसँग यति लामो छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ…