काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। हिजो दिउँसो १ बजे बैठक बोलाइए पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २ बजे देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम बनाएपछि बैठक स्थगित भएको थियो । सर्वोच्च अदालतको फैसलापछि सत्तारुढ दलबाट प्रमुख प्रतिपक्षी दलमा पुगेको एमालेले अबको रणनीति तय गर्न बैठक बस्न लागेको हो ।…