७ आश्विन २०८३, बुधबार | September 23, 2026

आफैले जारी गरेको निषेधाज्ञाको ‘हुर्मत’ काढ्दै आज केपी ओली बालुवाटारबाट बालकोट सर्ने



काठमाडौं । कोरोना महामारीको कारण देखाउँदै आफ्नै सरकारले जारी गरेको निषेधाज्ञालाई पटक पटक धज्जी उडाएका प्रधानमन्त्री केपी ओली सरकारी निवासबाट निजी निवास सर्दा पनि निषेधाज्ञाको हुर्मत काड्दै निस्कने भएका छन् । सर्वोचच अदालतको आदेश आए लगत्तै बालुवाटार छाड्ने बताएका ओलीले सरकारी निवास छाड्ने साईतलाई एक दिन पछि ढकेलेका थिए । समर्थक बोलाएर तामझामका साथ निजी निवास सर्न निवास छाड्ने मिति एक दिन पछि सारिएको ओली निकट स्रोतले बताए ।

सरकारी निवास छाडेर भक्तपुरको बलकोट जानकालागि आफुलाई लिन कार्यकर्ताहरुलाई ओलीले बालुवाटार डाकेका छन् । आफ्नो विश्वासपात्र महेश बस्नेतलाई खटाएर उनले समर्थकहरुबाट बाटोमा अभिनन्दन् लिँदै नारा जुलुसका साथ निजी निवास पुग्ने कार्यक्रम बनाएको स्रोतले दाबी गरेको छ । ओलीले आफ्नै सरकारले संक्रामक ऐन २०२० ले नपुगेर महामारी नियन्त्रण सम्बन्धि अध्यादेश नै जारी गर्दै देशभर निषेधात्रा जारी गरेपनि ओली आफैले निषेधाज्ञाको कहिल्यै पालना गरेनन् । उदघाटन, अवलोकन र जयजयकार गराउने नाममा पटक पटक ओली आफैले निषेधाज्ञा ताड्ने काम गर्दै आएका थिए । कार्यकालभरी कानुन भन्दा माथि रहेको अनुभुत गरेका ओलीले प्रधानमन्त्री निवास छाडेर जाँदा पनि निषधाज्ञाको धज्जी उडाउँदै निस्कने योजना बनाएका छन् ।

ओलीकै निर्देशनमा एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने योजना बनाएका छन् । यसका लागि बस्नेतले सार्वजानिकरुपमा नै कार्यकर्ताहरुलाई बालुवाटारमा भेला हुन आह्वान गरेका छन् ।

‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने कार्यक्रममा सहभागिताको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दछौं’, बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।

त्यसो त ओली समर्थकहरुले सवोच्चको फैसला आएकै दिन निषेधाज्ञाको खिल्ली उडाउँदै देशभर प्रदर्शन र प्रधान न्यायाधिसको पुत्ला समेत जलाईसकेका छन् ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेसँगै ओली संसदमा प्रमुख विपक्षीदलका नेता बनेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ५५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई