काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । कामचलाउ प्रधानमन्त्रीले पटकपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका भन्दै परेको रिटमाथि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा र न्यायाधीस प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा सुनसवाइ हुन लागेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसयायीले मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाएर…