२७ मंसिर २०८२, शनिबार | December 13, 2025

काँग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नेपाली काँग्रेसबाट संघीय संसदको प्रतिनिधिसभामा समानुपातिक निर्वाचन पद्धतिअनुसार सांसद बनेका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सांसद पाण्डेलाई सपथ गराएका छन् । समानुपातिक सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा नेपाली काँग्रेसले पाण्डेलाई नियुक्ति गरेको थियो । केसीको गत कात्तिक १७ गते निधन भएको…