काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथि लागेका आरोप आरोप अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण भएको दाबी गरेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमा लगाइएको आरोपलाई ओलीले अस्वीकार गर्दै त्यसको लिखित प्रतिवाद गर्ने प्रतिवद्धता जनाएका छन् ।…