७ पुस २०८२, सोमबार | December 22, 2025

कर्णाली प्रदेशका आफू निकट दुई मन्त्रीलाई हतारमा राजीनामा नदिन ओलीको निर्देशन

काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् । उनले शनिबारै केही मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएकाले ओली पक्षका मन्त्रीहरूलाई हट्न आग्रह गरेका थिए ।…