काठमाडौं । नेपालको कानुन विपरित विदेशी नागरिकहरू सरकार विरोधी प्रदर्शनमा सहभागि भएका छन् । काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले प्रदर्शनमा सहभागी पाँचजना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । उनीहरू मध्ये एक अमेरिकी, एक चिनियाँ, एक फ्रेन्च, एक क्यानडेली र एकजना अष्ट्रेलियन नागरिक रहेको प्रहरीले जनाएको छ । सरकारविरोधी प्लेकार्डसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।…