काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका विषयमा चीनसँग पनि कुरा गरिएको बताउनुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लिपुलेकसडकसँग चीन पनि जोडिएका कारण उसँग कुरा गरिएको बताउनुभएको हो । सन् २०१५ मा भारत र चीनबीच भएको दुईपक्षीय सम्झौताको बुँदा नं. २८ मा लिपुलेक हुँदै व्यापार र धार्मिक यात्रा…