रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि बिहीबार राति कालो मसी प्रहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा उनीमाथि उक्त घटना भएको हो। बिहीबार राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा कार्यक्रमस्थलबाट बाहिरिने क्रममा पछाडिबाट आएका एक व्यक्तिले आत्मीयता देखाउँदै अँगालो हाल्ने बहानामा…