काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा अनुरूप नआए पनि जनताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्। ओलीले अन्तिम निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलोपटक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै जनादेश नपाएपनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने बताएका छन्। उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने उल्लेख गर्दै त्यसलाई शिरोधार्य गर्नु…