काठमाडौं । नेकपा (एमाले)ले रुकुम पश्चिममा जनार्दन शर्मालाई सघाउने निर्णय गरेको छ। एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच रुकुम पश्चिम, रुकुम पूर्वसहित साविक राप्ती अञ्चल र डोल्पा जुम्ला छोडेर कर्णाली अञ्चलका जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको हो । सहमतिपत्रमा आइतबार एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन्…