८ पुस २०८२, मंगलबार | December 23, 2025

अख्तियार प्रमुख राईको राजीनामा माग्दै जेनजी अलायन्सले बुझायो दबाबपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै ‘जेनजी मुभमेन्ट अलायन्स’ले मंगलबार आयोगमा दबाबपत्र बुझाएको छ । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सका नेताहरु मंगलबार बिहान कार्यालय समय सुरु भएलगत्तै अलायन्समा आवद्ध समूह टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए । उनीहरूले आयोगका प्रमुख र…