काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हाल देशमा विकसित भइरहेको राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई संयमित र जिम्मेवार ढंगले कदम चाल्न सुझाव दिएका हुन् । आयोगले आगामी दिनमा जेनजी पुस्ताका समूहहरूले गर्ने भनिएका प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिबाट शान्ति–सुरक्षामा असर…