काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतम आदिवासी जनजाति समुदायप्रति दिएको भनिएको अभिव्यक्तिका कारण विवादमा परेकी छन्। चुनावी सभामा बोल्ने क्रममा गौतमले ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भन्ने आशय व्यक्त गरेको आरोप लगाउँदै नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले कडा आपत्ति जनाएको छ। महासंघले जारी…