नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन खोजेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले सरकारले सरकारविरुद्ध बोल्ने विरुद्ध निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिन सामाजिक सञ्जाल निष्क्रिय पारेको बताएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै संविधानले प्रत्याभूत…