पाल्पा । तिलिसरा विश्वकर्माले यसअघिका निर्वाचनमा उम्मेदवारप्रति चासो दिएर केही गर्छन् भन्ने आशै आशमा उत्साहित हुँदै मतदान गरिन् । रामपुर नगरपालिका–८ स्थित भुजातकी ७७ वर्षीया तिलिसरा उम्मेदवारका चुनावी योजनाले प्रभावित भएर गाउँले विकासमा छिट्टै फड्को मार्ने महत्वकाङ्क्षा बोकेर मत खसाल्दै आएकी छन् । निर्वाचनलाई निकै महत्व दिने उनी जितेर गएका नेतृत्वले विकास त परै जाओस्…