काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका सांसद भीम रावलले परराष्ट्रमन्त्रीले एसपीपीबारे धेरै नकोट्याउँ भनेको विषयप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा बोल्दै सांसद रावलले एसपीपीको च्याप्टर क्लोज गर्ने हो भने नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउनुपर्ने जिकिर गरे । मन्त्री खड्काले एसपीपीबारे च्याप्टर…