२४ बैशाख २०८१, सोमबार | May 7, 2024

फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातको भिडन्त

काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपको फाइनलमा आइतबार नेपाल र गुजरातबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल लिग चरणका चारमध्ये तीन वटा खेल जितेर विजेता बन्दै फाइनलमा स्थान बनाएको हो । गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए ।…