काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले कीर्तिमानी स्कोर बनाउँदै ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो। यो स्कोर टियु मैदानमा बनेको अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपाल र यूएईले समान ३१०…