तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा भएको प्रतियोगितामा नगरभित्रका सरकारी र निजी गरी ३७ विद्यालयका करिब ४ हजार विद्यार्थीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमालाई शैक्षिकसँगै खेलकूदको समेत हब बनाउन लाग्नु पर्नेमा जोड…