काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डमा जारी प्रतियोगितामा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार बिहान ८ः१५ बजे सुरु हुनेछ । नेपाल यस खेलमा प्रतियोगिताको पहिलो जितको खोजीमा मैदान उत्रँदैछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ३० रनले पराजित भएको थियो, जसले नेपाली…