१७ बैशाख २०८१, सोमबार | April 30, 2024

स्पेनिस ला लिगा : रियल मड्रिड उपाधि होडमा बलियो, बार्सिलोनासँग बनायो दुई अंकको दूरी

काठमाडौं । रियल मड्रिडले उपाधि होडलाई थप बलियो बनाएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पुछारको क्लब स्पानियोलमाथि संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा फर्किएको हो । अवे मैदानमा भएको खेलमा स्पानियोलमाथि १–० को जित निकालेसँगै रियल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँगको अंक दूरी दुई कायम गरेको छ ।…