काठमाडौं । बेलायतकी महारानी एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगले सप्ताहन्तका सम्पूर्ण खेलहरु स्थगित गर्ने निर्णय गरेको छ । शनिबार, आइतबार र सोमबार हुने तालिका रहेका १० खेलहरु स्थगित गर्ने निर्णय गरिएको प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, ‘हामी र हाम्रो क्लब उहाँले देशका लागि गर्नुभएको…