बुटवल । बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधिका लागि वडा नं ८ र वडा नं १७ बीच खेल हुने भएको छ । शनिबार भएको दोस्रो सेमीफाईनल खेलमा वडा नं ८ ले वडा नं ७ लाई २–० गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो…