भैरहवा । मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी) को आयोजनामा रुपन्देहीको भैरहवामा स्टडील्याण्ड टी-१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधबार भएका दुई खेलमा न्यू होराइजन क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबले विजयी सुरुवात् गरेका छन् । होराइजनले युसिएमएस मेडिकल कलेजलाई ५३ रन र तिलोत्तमाले निचलल क्रिकेट क्लब, महाराजगंलाई ३९ रनले पराजित गरेको हो ।…