काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौं गोर्खाज’ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ । यही मङ्सिर १५ गतेदेखि आगामी पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सहभागी सबै टोलीलाई पाखा लगाउँदै काठमाडौं गोर्खाज लिगको प्रथम संस्करणकै उपाधि कब्जा गरेर इतिहास रच्ने दाउमा छ ।…