काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बिहान ११ बजे बस्ने बैठक भोलिसम्म सञ्चालन हुने प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए । बबरमहलस्थित कार्की ब्यांकेटमा बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। यस्तै, पोलिटब्युरो सदस्यको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी…