काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्ने बताएका हुन् । समाजवादका लागि समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण…