काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । उपाध्यक्ष गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई बुझाएका छन् । गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखेको राजीनामा पत्र आज साँझ पार्टी कार्यालयमा बुझाएका हुन् । गौतम नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका…