काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले १४९ जना प्रतिनिधिसभाका सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ । इजलासले केही विषयमा गम्भीर संवैधानिक व्याख्या गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णयलाई बदर गरिदिएको छ । सर्वोच्चले २८ घण्टाभित्र…