काठमाडौं । विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेसँगै संयुक्त बैठक बस्ने भएको हो । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा शनिबार बिहान ११ बजे बस्न लागेको स्रोतले जनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्ष, जनता…