बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सभामुखले पदअनुकुल आचरण नगरेको आरोप लगाएको छ । आफुले माग गरेअनुसार प्रदेशसभा सदस्यद्वय विमला खत्री वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै एमालेले सभामुख पूर्णबहादुर घर्तीले पदमा आसिन रहन नमिल्ने ठहर गरेको हो । एमालेले आज बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख घर्तीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ…