काठमाडौं । सरकार विप्लव समूहकाबीच भएको सहमती अनुसार सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गर्न थालेको छ । सहमती बमोजिम सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पहिलो थुना मुक्त बनेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले आज बिहान हिरासत मुक्त गरेको हो । वास्तोलालाई आगजनी तथा संगठित अपराधको मुद्दामा काभ्रे प्रहरीको हिरासतमा राखिएको…