काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा रहेका जोखिमपूर्ण वस्ती स्थानान्तरण गर्न माग गरेका छन् । सभापति देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोकमा पटकपटक ठूलो पहिरो गएको भन्दै जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् । देउवाले विज्ञप्तीमा भनेका छन्, ‘सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य…