काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आजका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरेका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्याह्न पौने १२ बजे विज्ञप्ति जारी गर्दै निर्धारित पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी गराएका हुन्। यसअघि कार्यवाहक सभापति खड्काले नेता शेखर कोइरालालगायत केन्द्रीय नेताहरूलाई सहभागी गराई आज दिउँसो १ बजे सानेपामा पत्रकार सम्मेलन गर्ने तयारी…