काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन् । सरकार गठन भएको दश महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकामा पुनले आपत्ति व्यक्त गरे । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव पुनले वर्तमान सरकारले आम जनताका निराशा र असन्तुष्टि…