काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णालीमा भएको सवारी दुर्घटना र उद्धार कार्यमा भएको ढिलाइप्रति सरकारको चर्को आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपद्का बेला राज्य प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउँदै कर्णालीप्रति विभेदपूर्ण व्यवहार गरिएको बताएका छन्। संसदमा भावुक बनेका शाहीले आफू आज व्यक्तिगत धारणा राख्न नभई 'कर्णालीको…