२७ असार २०८३, शनिबार | July 11, 2026

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा सिट जितेका दलहरूको बैठक बोलाइएको जानकारी दिएका छन्। सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो । प्रतिनिधिसभाको आगामी कार्यकालमा हुने…