काठमाडौं । शान्तिपूर्ण रुपमा सुरु भएको जेनजीको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक साँझ ६ बजे बस्नेगरी बोलाइएको हो। यसैबीच, काठमाडौंमा जारी आन्दोलनका क्रममा कम्तीमा ६ जनाको ज्यान गइसकेको छ भने अझै पनि प्रदर्शन निरन्तर भइरहेको छ।