काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनअन्तर्गत बसेको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमार्फत शर्माले विगतका गल्ती सच्याउनुपर्ने विषयमा १५ बुँदे संकल्प पेश गरेका छन्। ती संकल्पहरूमा विगतमा भएका त्रुटिहरूको स्वीकारोक्ति गर्दै अब कसरी सुधारतर्फ उन्मुख हुने भन्ने विषयलाई स्पष्ट रूपमा प्रस्तुति गरिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘परिवर्तन गर्नेहरूले नै समृद्धि…