काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् । उनले विशेष महाधिवेशन बदलिएको समयको कांग्रेस र बदल्नुपर्ने देशका एजेन्डामा केन्द्रीत हुने जिकिर गरेका छन् । बिहीबार बिहान एक भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले पार्टीभित्र देखिएका विवाद र विशेष महाधिवेशनबारे आशंकाहरूलाई स्पष्ट पार्न प्रयास गरेका हुन्…