जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा हार्ने निश्चित भएपछि माओवादीले गठबन्धन गर्न चाहेको कुरा गलत भएको बताएका छन् । जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धन बनाउने कार्यको नेतृत्वदायी भूमिका खेलेका कारण गठबन्धनको पक्षमा माओवादी रहेको स्पष्ट पारे । उनले देशभरीको रिपोर्टका आधारमा गठबन्धन नगरि चुनाव जित्न नसकिने अवस्थामा माओवादी नरहेको दाबी गर्दै आफ्नै…